दफा २१ख
परीक्षाको निरीक्षण

(१) दफा २१ को उपदफा (१) बमोजिम मान्यता प्रदान गरिएका डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधिहरूका परीक्षाहरू निरीक्षण गर्नको लागि काउन्सिलले निरीक्षक नियुक्त गरी पठाउन सक्नेछ । यसरी नियुक्त गरिएको निरीक्षकले आफूले निरीक्षण गरेको परीक्षाको सम्बन्धमा काउन्सिलले तोकेको विवरण खुलाई काउन्सिल समक्ष प्रतिवेदन पेश गर्नेछ । तर निरीक्षकले त्यस्तो कुनै परीक्षामा कुनै किसिमको हस्तक्षेप गर्न पाउने छैन ।

(२) दफा २१क. अन्तर्गत प्राप्त विवरण उपदफा (१) अन्तर्गत निरीक्षकले पेश गरेको प्रतिवेदन उपर काउन्सिलले बिचार गर्दा दफा २१ को उपदफा (१) बमोजिम मान्यता प्रदान गरिएको कुनै डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधिको निमित्त सम्बन्धित मेडिकल संस्थाले निर्धारण गरेको पाठ्यक्रम, भर्नाका शर्तहरू तथा परीक्षा सञ्चालन विधि उपयुक्त एवं पर्याप्त छैन भन्ने लागेमा सो सम्बन्धमा काउन्सिलले आफ्नो प्रतिवेदन सम्बन्धित मेडिकल संस्थाले सम्वन्धन प्राप्त गरेको विश्वविद्यालय वा शिक्षण संस्था समक्ष पेश गर्नेछ ।